चैतारी लघुवित्तको अर्ध वार्षिक समिक्षा गोष्ठि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 11:05:24 AM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्तले अर्ध बार्षिक समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले दाङ, सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट र सुर्खेतमा रहेका १५ वटा शाखा कार्यालयको अर्ध बार्षिक समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम  दाङको तुल्सीपुरमा सम्पन्न गरेको जनाएको छ । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमीरेले लघुवित्त गरिवी निवारणको औजार भएको बिषयलाई प्रष्ट पारे । उनले  सबै सदस्यहरुलाई सिपमुलक तालिम निरन्तर आयोजना गर्दै उद्यमशिलताको बिकासमा जोड दिने गरी समाजीक कल्याण सहितको लघुवित्त अहिलेको आवश्यकता रहेकाले सोही अनुसार कार्यक्रमलाई अगाडी बढाईएको जानकारी दिए । 

कार्यक्रममा संचालन जोखिम बारेमा वित्त तथा सुचना प्रबिधी विभागका विभागीय प्रमुख ज्ञानिश्वर पन्त तथा लघु उद्यम कर्जा व्यवस्थापन बारेमा अनुगमन अधिकृत कौशल खड्काले तालिम दिएका थिए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved