मिर्मिरे लघुवित्तको दोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 12:50:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासिक समिक्षा गोष्ठी तथा लघुवित्त व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले उक्त कार्यक्तम काभ्रेको बनेपा, मकवानपुरको हेटौडा र कैलालीको घोडाघोडीमा सम्पन्न भएको हो । 

दोस्रो समिक्षा गोष्ठीमा शाखा कार्यालयहरुले प्राप्त गरेका लक्ष्य साथै लघुवित्तमा देखिएका चुानौतिको न्यूनीकरण विषयमा छलफल गरिएको लघुवित्तले जनाएको छ । साथै, उक्त कार्यक्रममा तालिम कार्यक्रममा शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरुलाई लघुवित्त व्यवस्थापन, विकास, तनाब व्यवस्थापन, आत्मविश्वास, रुपान्तरण, समझौता र सञ्चारको विषयमा प्रशिक्षक प्रकाश कोइरालाले प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा संस्थाका अध्यक्ष टेक ब. बोहरा, प्रमुख कार्यकारी अधिकृत बिर्ख ब.बोहरा, मानब संशोधन विभाग प्रमुख लोमश भट्टराई, कर्जा असुलि तथा व्यवस्थापन विभाग प्रमुख बेद प्र. आचार्य, आन्तरीक लेखा परिक्षण विभाग प्रमुख शुसिल कुमार बुढा लगायतको उपस्थिती तथा प्रशिक्षण दिएका थिए ।  

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष टेक ब. बोहराले लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्डको व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गर्न निर्देशन तथा सुझाव दिएका थिए । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved