नेपाल बंगलादेश बैंकले बचत खाताको ब्याजदर बढायो, ब्याज नबढाए निक्षेप जोगाउनै मुस्किल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 11:10:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंक पनि बचत खाताको ब्याज बढाउने प्रतिस्पर्धामा सामेल भएको छ। कल निक्षेपमा रहेको रकम जोगाउन बचत खातामा ब्याजदर बढाउने होडबाजीमा रहेका बैंकहरुलाई पछ्याउदै एनबि बैंकले पनि बचत खाताको ब्याजदर ८ दशमलब २५ प्रतिशत पुर्याएको जनाइएको छ। 

यस अघि एनबि बैंकले बचत खातामा ६ प्रतिशत ब्याज दिदै आएको थियो। राष्ट्र बैंकले बैंकहरुलाई कल निक्षेपको व्याजदर बचत खातामा दिने व्याज दरसँग समान बनाउन निर्देशन दिएको थियो। सोहि अनुसार बैंकले बचत खाताको ब्याजदर २ दशमलब २५ प्रतिशतले बढाएर ८ दशमलब २५ प्रतिशत पुर्याएको हो। 

राष्ट्र बैंकले पछिल्लो निर्देशनले बैंकहरुलाई कल निक्षेप जोगाउन हम्मे हम्मे परेको छ। उच्च ब्याजदर पाइरहेको कारण यसअघि कल निक्षेपमा व्यक्तिगत ग्राहकले समेत पैसा राख्दै आएका थिए । यस्ता व्यक्तिगत निक्षेपकर्ताले पनि रकम बढि ब्याज दर पाइने अन्य बैंकको कल निक्षेपमा वा बचत खातामा राख्ने सम्भावना बढेकाले एनबि बैंकले पनि बचत खाताको ब्याजदर बढाएको अनुमान गरिएको छ। 

पुससम्मको तथ्यांकलाई आधार मान्दा कल निक्षेपको हिस्सा कुल निक्षेपको २० देखि ३६ प्रतिशतसम्म रहेको देखिएको छ। एनबि बैंकमा पुससम्म कल निक्षेपको हिस्स कुल निक्षेपको १५ दशमलब ८३ प्रतिशत रहेको थियो।

कल निक्षेपको ब्याजदर बचत खातामा दिने ब्याजदरसंग समान बनाउनु पर्ने राष्ट्र बैंकको निर्देशनका कारण पछिल्लो पटक बैंकहरुले बचत खाताको ब्याजदर बढाएर ८ प्रतिशत पुर्याईसकेका छन।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved