‘दुईबाली धानको विस्तार आर्थिक समृद्धिको आधार’

रासस

रासस

Jun 24, 2017 | 08:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास मन्त्रालयले १४ औँ राष्ट्रिय धान दिवसका नारा–‘दुइबाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ तय गरेको छ।विश्वमा सन् २००४ अर्थात २०६१ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय धान दिवस सम्पन्न भएको थियो। ४३ राष्ट्रको संयुक्त आह्वानलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्तावलाई पारित गरेपछि आजसम्म विभिन्न देशमा अलग÷अलग रुपले धान दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसङ्घले सन् २००४ मा पहिलो पटक अन्तर्राष्ट्रिय धान दिवस सम्पन्न गरेको थियो । त्यस वर्षको अन्तर्राष्ट्रिय धान दिवसको नारा ‘धान जीवन हो’ भन्ने राखिएको थियो । त्यसपछि संयुक्त राष्टसङ्घमार्फत अन्तर्राष्ट्रिय धान दिवस मनाउने गरिएको पाइँदैन।

विश्वमा नेपाल एक त्यस्तो देश हो, जसले संयुक्त राष्ट्रसङ्घबाट निर्णय भएको धान दिवसलाई नै आजसम्म ‘राष्ट्रिय धान दिवस’ को रुपमा मनाउँदै आएको छ। नेपाली समाजमा अहिले पनि एकआपसमा भेट हुनासाथ भात खानुभयो भनेर कुराको थालनी गर्ने गरिन्छ। अर्थात् भात खानु नेपालीको आदत र अनिवार्य अभ्यास भएको छ।तर अहिले पनि कर्णालीका र अन्य केही जिल्लामा भातलाई विशेष परिकारका रुपमा लिने गरिन्छ। पितृलाई पिन्ड दान दिन र देवीदेउतालाई पूजा गर्दा अक्षताका रुपमा चामलको प्रयोग गरिन्छ।नेपालका प्रमुख छ खाद्यन्न बालीमध्ये धान प्रमुखबाली हो । आर्थिक वर्ष ०७३÷ ७४ मा धान उत्पादनमा नेपालले ऐतिहासिक उपलव्धि हासिल गरेको छ। सो अवधिमा १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती गरी ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । उक्त उत्पादन हालसम्मकै उच्च हो।‘दि इकोनोमिक पोष्ट’ पत्रिकाले नेपालमा धान उत्पादन वृद्धिले कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पुगेको उल्लेख गरेको छ। धानको उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ भने घट्दा कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० तल झर्छ।

नेपालमा चैते धान, वर्षे धान र घैया धानकोखेती गरिँदै आएको छ । धानको उत्पादनमा १० प्रतिशतले वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत बढ्छ।दोस्रो विश्वयुद्धपछि जव खाद्य सङ्कट आयो त्यसपछि संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई ‘भोकमरीबाट मक्त’ भन्ने नारासहित धानबालीलाई वर्षबाली घोषणा गरेको थियो । सन् २००८ मा भारतले मोटाधान र चामल निर्यातमा रोक लगाएको थियो। माथिको विकसित घटनाक्रमपछि मात्र नेपाल सरकारले धान उत्पादन वृद्धिमा चासो देखाएको वरिष्ठ धानविज्ञ भोलामान सिंह बताउँछन्। वृहत्तर, चैते तथा मसिनो र बास्नादार धान उत्पादन कार्यक्रम गतवर्षबाट लागू भएको छ।

कृषि विकास मन्त्रालयले आर्थिक वर्ष ०७३÷७४ मा एक खर्ब चार अर्बको धान उत्पादन भएको जनाएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ भने धानको मात्र २० देखि २१ प्रतिशत छ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धान उत्पादन कार्यक्रम अगाडि बढेको छ। नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो। पहाडी २२ जिल्ला बराबर झापामा मात्र धानको उत्पादन हुन्छ । झापालाई धान उत्पादनको सुपरजोन क्षेत्र घोषणा गरिएको छ।

सरकारले किसानलाई वृहत्तर धान उत्पादन कार्यक्रममा सहभागी हुँदा ५० हजार तथा चैते, मसिनो बास्नादार उत्पादनमा रु पाँच हजार दिने नीति बनाएको छ। कृषि अनुसन्धान परिषद्–नेपाल ९नार्क०का बाली तथा बागबानी निर्देशक यज्ञप्रसाद गिरीले हालसम्म ८१ प्रकारका धानको बीउ उन्मोचन ९सिफारिस० गरिएको बताए।

विशेषगरी उच्च पहाडी क्षेत्रमा चन्दन नाथ–एक, तीन र लेकाली एक तीन, मध्य पहाडमा खुमलचार, ताइचीन, चाइनुङ्ग–२४२, खुमल–१० र १३, तराई र भित्री मधेसमा चेहराङ्ग सव– १ र सुख्खा ९सव० एक देखि ६ , स्वर्ण सव–एक, हर्दिनाथ एकलगायतका धान बीउबाट उत्पादन गरिँदै आएको छ।

नेपालमा वार्षिक लगभग ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । खाने बानीमा परिवर्तन गर्ने हो भने अहिले उत्पादन भइरहको धान पर्याप्त हो । भातको सट्टामा गहुँको पिठोबाट तयार हुने परिकार खादा स्वास्थ्यलाई पनि फाइदा पुग्छ भने खाद्यान्नमा समेत बचत हुने देखिन्छ। आर्थिक वर्ष ०७३र७४ मा १७ लाख मेट्रिक टन गहुँ उत्पादन भएकोमा ९ लाख मेट्रिक टन मात्र खपत भएको थियो।

संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ नेपालको जुम्ला जिल्लाको छुमचौर हो। त्यहाँ जुम्लीमार्सी धानखेती गरिन्छ। संसारमा कुल जनसङ्ख्यामा आधा अर्थात तीन अर्ब पाँच करोड जनसङ्ख्याको मुख्य खाना चामल हो । एसियाली देशमा मात्रै ९० प्रतिशत भन्दा बढी धान उत्पादन र खपत हुन्छ।

विश्वमा सबैभन्दा धेरै धान उत्पादन गर्ने १० देश क्रमशः चीन, भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान पर्छन्। नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर ३,००० केजी छ। सन् १९६६ देखि सन् २००९ सम्म अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र ९इरी० बाट विकसित धानका जात सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ बीउ उन्मोचन भएका छन्। नेपालमा उन्मोचन गरिएका ८१ जातमा ६ थरीका मात्र रैथाने जातको धानखेती गरिन्छ। संसारमा करिब एक लाख ४० हजार प्रकारका रैथाने धानका जात रहेको अनुमान अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र ९इरी० को छ । सोमध्ये एक लाख १७ हजार प्रकारका रैथाने जातहरु इरीले आफ्नो जीन बैंकमा सङ्कलन गरेको जनाएको छ । सन् २०५० मा विश्वको जनसङ्ख्या ९ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ । त्यस बखत हालको भन्दा ७० प्रतिशत उत्पादन बढाउनुपर्ने हुुुन्छ। रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved