अस्ट्रेलिया र कम्बोडियामा उडान भर्नका लागि गृहकार्य

रासस

रासस

Jun 25, 2017 | 07:55:45 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अस्ट्रेलिया र कम्बोडियामा पनि उडान भर्नका लागि गृहकार्य गरिरहेको छ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार मन्त्रालयले ती देशमा सिधैँ उडान भर्ने विषयमा समझदारी गर्नका लागि दुवै मुलुकका प्रतिनिधिसँग छलफल गरिरहेको छ।नेपालले विभिन्न ३८ मुलुकसँग हवाई सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय उडान भर्नका लागि विगतमा सञ्चालन भएका नेपालको ठूला क्षमता भएका विमान बिग्रिने, समयमा मर्मत नहुनेलगायत समस्याका कारण सम्झौता भएका मुलुकमा उडानलाई निरन्तरता दिन नसकिएको हो। कुनै बेला युरोपका केही मुलुकसम्म उडान भरेको नेपाली वायुसेवा निगमसँग अहिले न्यून सङ्ख्यामा अन्तर्राष्ट्रिय एयर बस रहेका कारण उडानमा कमी आएको हो। नेपालबाट क्रमशः भारत, संयुक्त अरब इमिरेटस्, कतार, मलेसिया, हङ्कङ र थाइल्यान्डमा अहिले नियमित उडान हुने गरेको छ। सहसचिव लामिछानेका अनुसार चिनियाँ जहाज ल्याइएको भए पनि दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा नियमित रुपमा सञ्चालन गर्नसक्ने अवस्था छैन। रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved