घाँटी भाँचिएर एकसिङ्गे गैँडा म¥यो

रासस

रासस

Jun 26, 2017 | 08:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

 चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ ।निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८–३० वर्षको पोथी गैँडा कुमरोजको कङ्क्रिट मचान नजिकै मरेको जानकारी दिए । मचान नजिकैको घोल ९सिमसार० मा राति बिरामी जस्तो भएर बसेको गैँडा बिहान ११ बजे मरेको हो । 

अनुसन्धान गर्दा घाँटी भाँचिएको पाइएको भन्दै निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले भाले लाग्ने क्रममा भाग्दा लडेर घटना भएको जानकारी दिए । केही दिन अघि मात्रै सोही सामुदायिक वनको इचर्नी खोला नजीकै मरेको गैँडाको बच्चा ९केटो० गोहीले खाएको अवस्थामा फेला पारिएको थियो । 

अहिले मर्ने पोथी गैँडा त्यही केटोको आमा भएको अनुमान गरिएको डा गैरेले बताउनुभयो । चोरीसिकार नियन्त्रण युवा जागरण अभियान ९कुमरोज०का अध्यक्ष ईश्वरी पाठक पछिल्लो समयमा गैँडाको राम्रो वासस्थान बन्दै आएको कुमरोजमा कालगति या विभिन्न कारणले गैँडा मरिरहेको भन्दै दुःख व्यक्त गरे । यसतर्फ निकुञ्जले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

पछिल्लो गैँडा गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ । एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । रासस 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved