एमालेका बागी उम्मेदवार निष्काशित

रासस

रासस

Jun 26, 2017 | 08:45:23 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेकपा (एमाले)ले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ । एमाले जिल्ला निर्वाचन परिचालनको आज बसेको बैठकले अनुशासन उल्लङ्घन गरी विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलबाट उम्मेदवार बनेको आरोप लगाउँदै उनीहरुलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशन गरेको हो । 

पार्टीको कारबाहीमा परेकामा दमक–३ का तेजस्वी थेवे, बिर्तामोड–५ का देवराज तामाङ र भोला तामाङ, बिर्तामोड–८ का कृष्ण श्रेष्ठ र बिर्तामोड–४ का दीपक मिश्र छन् । हल्दीबारी–३ का टङ्क भट्टराई र हल्दीबारी–४ का राजकुमार राईलाई समेत एमालेले कारबाही गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले बताएका छन् । रासस 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved