ठमेल, दरबारमार्ग र पोखरा लेक साईडका होटलहरु २४ सै घण्टा खुल्ने

रासस

रासस

Jun 27, 2017 | 09:57:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्रालयले पर्यटकको चहलपहल बढि हुने काठमाडौंको दरबारमार्ग, ठमेल तथा पोखराको लेकसाईडका क्षेत्रमा २४ घण्टा बजार संचालन गर्ने व्यवस्था ल्याउने भएको छ । मंगलबार आयोजित एक कार्यविच बोल्दै गृहमन्त्री जनार्जन शर्माले सो क्षेत्रमा २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जाहेर गरेका छन् । उनले आज सार्र्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा पर्यटकको आवागमन बढी हुने स्थानमा बजार, पसल होटल २४ घण्टा खुल्ला राख्नको लागि आवस्यक सुरक्षा व्यवस्था मिलाउने बताएका छन्।गृहमन्त्री  शर्माले स्वदेशी तथा विदेशी पर्यटकको आवागमनलाई सहज बनाउने उदेश्यले रातिको समयमा पनि बजार खुल्ने व्यवसथा मिलाईने बताएका छन् । 'ठमेल, दरवारमार्ग, पोखराको लेक साईड जस्ता पर्यटकको आवागमन वढी हुने क्षेत्रहरुमा २४ घण्टा वजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाउने छौं’ उनले भने। यस अघि शुरक्षा प्रशासनले सुरक्षाको व्यवस्था गर्न नसकिने भन्दै दरबार मार्ग, ठमेल लगायतका क्षेत्रमा राति अबेर सम्म पसल  संचालन गर्न  रोक लगाएको थियो । 

पर्यटकिय क्षेत्रमा रात्रिकालिन सेवा संचालन हुँदा व्यवसायीको आम्दानी बढ्ने तथा पर्यटकको इन्ज्योय पनि बढ्ने भएपनि सरकार आफैले बन्द गराउँदै आएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved