अख्तियारद्वारा शर्मासँग तीन अर्ब धरौटी माग

रासस

रासस

Jun 29, 2017 | 08:21:40 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरकानुनी रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका चुडाँमणि शर्मालाई अख्तियार  अनुसन्धान आयोगले ३ अर्ब रुपैयाँ धरौटी मागेको छ । आन्तरिक राजस्व विभागका प्रमुख रहेका शर्मालाई तारेखमा छुटाउन आयोगले सो रकम माग गरेको हो ।  उनीमाथि कर फस्र्योट आयोग मार्फत अवैधानिक रुपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ । गत जेठ १९ गते पक्राउ परेका शर्मा सचिव रहेको आयोगले दिएको कर छुटका १ सय २५ वटा फाईलमा ९ अर्ब भन्दा बढी कर अनाधिकृत रुपमा  छुट दिइएको भेटिएको छ । अख्तिायरले अझै आयोगले निर्णय गरेका झण्डै ९ सय ४४ फाइल खोल्न बाँकी नै छ । आरोपमा फरार रहेका आयोगका पदाधिकारीहरुलाई दामासाही रुपमा भाग लगाउँदा शर्माको नाममा ३ अर्ब बराबरको बिगो देखिएकाले ३ अर्ब धरौटी माग गरिएको हो ।अख्तिायरले ३ अर्ब रुपैयाँ धरौटी मागेपछि शर्माले त्यसको लागि आफ्ना वकिलमार्फत तयारी थालेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved