अफगानिस्तानमा १५ तालिबानी मारिए

रासस

रासस

Jun 30, 2017 | 08:17:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्षित गरी अफगान हवाई सेनाले गरेको कारबाहीमा परी कम्तीमा १५ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले शुक्रबार बिहान भएको सेनाको कारबहीका क्रममा ती तालिबान मारिएका जानकारी दिएको छ । 

अफगान राष्ट्रिय सैनिकको एडी–५३० हेलिकोप्टरले टिरिन कोटकोे प्रान्तीय राजधानी उरुज्गानको मिर आबाद इलाकामा बिहीबार गरेको हवाई आक्रमण ती आतङ्ककारी मारिएका बताइएको छ । अफगानिस्तानको राजधानी काबुलबाट ३७० किलोमीटर उत्तरमा पर्ने यस इलाकामा भएको सो आक्रमणमा परी पाँच वटा कार छ वटा मोटरसाइकल र चार वटा मेसिन गन ध्वस्त भएको जारी विज्ञप्तिमा जनाइएको छ । 

अफगान सुरक्षाबलले पछिल्ला दिनमा तालिबान आतङ्ककारी विरुद्ध देशभरी कारबाही सुरु गरेको छ । सोही स्थानमा गतहप्ता मात्र पनि यस्तै कारबाही भएको थियो र त्यसमा परी कैयौँ मारिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved