शिर्ष ३ दलको बैठक सम्पन्न, चुनाव तोकिएकै मितिमा हुने प्रधानमन्त्रीको भनाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 03:59:36 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्  । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको शिर्ष ३ दलका नेताहरुको बैठकमा देउवाले निर्वाचन नसर्ने बताएका हुन् ।  

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक आयोजना गरी निर्वाचनको सुनिश्चितता बारे नेताहरुलाई आश्वस्त पारेका हुन् ।  बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सरकार प्रतिवद्ध रहेको पनि बताए ।

बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शिर्ष नेतृत्वलाई दिएको छ । सोही विषयमा सहमति जुटाउने जिम्मेवारी कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय बैठकले गरेको हो  । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ । 

राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि विधेयक संसदमा विचाराधिन छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved