राजा भए उचालिन्थे तर राष्ट्रपति उचालीनु भएन : देउवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2017 | 05:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले बिपक्षी एमालेलाई मन्त्रिपरिषद रोक्न खोजेको आरोप लगाएका छन। व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोंधन गर्दै प्रधानमन्त्री देउवाले बिपक्षी दलले उचाल्न खोज्दा समेत राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेको भन्दै धन्यबाद दिए। 

राष्ट्रपति विद्या भण्डारीले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गरेकोमा खुलेर प्रशंसा गर्दै भने,‘हिजो राजा कसैले उचाल्दा उचालिन्थे तर, उनी उचालिँदै उचालिनन् । त्यसैले म हार्दिक धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै प्रधानमन्त्री देउवाले मुख्य निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले समेत मन्त्रिपरिषद् विस्तारले चुनावलाई असर नगर्ने भनिसकेको भन्दै यादबलाई समेत धन्यबाद दिए।   

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको जवाफ दिंदै प्रधानमन्त्री देउवाले भने,'संबिधानमा संख्या यति उति भनेर तोकेको छैन,प्रधानमन्त्रीले सविधान अनुसार काम गर्न पनि नपाउने' उनले अघि भने 'भोलि संख्या घट्न पनि सक्छ, २-४ दिनमा थाहा पाईहाल्नुहुन्छ।'  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved