कमल थापा सहित ८ मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2017 | 05:59:25 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा तर्फबाट मन्त्री चयन भएका ८ जनाले पथ तथा गोपनियताको सपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ८ मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।     

प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शितलनिवासमा शनिबार साँझ  आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राप्रपाका ८ जना मन्त्रीहरुलाई बिना विभागीय मन्त्रीका रुपमा नै सपथ ग्रहण गराइएको छ।  

यसरी पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरुमा राप्रपाका अध्यक्ष कमल थापा,जयन्त चन्द, दिनानाथ गिरी र बिक्रम थापा छन। त्यस्तै राज्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनेमा कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराई छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved