व्यवस्थापिका संसदको औपचारिक अन्त्य, स्थायी लोगो र बाटो खर्च दिएर सांसदहरुको बिदाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2017 | 06:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवस्थापिका संसदका ५९२ जना सांसदहरु आज मध्यरातिदेखि भुतपुर्व हुने भएका छन। संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को आजदेखि औपचारिक अन्त्य भएसंगै ५९२ जना सांसदहरु असोज २८ गते राति १२ बजेदेखि भूतपूर्व बन्ने भएका हुन। 

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेताहरुले बिदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्दै सांसद लगायत सहयोगी तथा कर्मचारीलाई धन्यबाद ज्ञापन व्यक्त गरेकी छिन। 

सदन समाप्त भएको औपचारिक जानकारी गराउदै सभामुख घर्तिले चार वर्षअघि संविधानसभा सदस्य निर्वाचित भएका सभासदले संविधान बनाएबापत विशिष्ठ प्रकारको पहिचान अंकित लोगो पाउने बताएकी छिन्। संविधानसभाबाट संविधान बनाएका सभासदले जीवनभर त्यो लोगो लगाउन पाउनेछन्।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेता प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदाइ सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गरेकी हुन्। साथै संसद समापन समारोहमा शनिबारै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोज आयोजना गरेकी छन्।

बैठकमा संघीय समाजवादी फोरम नेपालका डा शिवजी यादव, नेकपा (माले) का सिपी मैनाली, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल राष्ट्रिय जनमोर्चाका चित्रहादुर केसी, नेपाल परिवार दलका मीनकुमारी राजवंशी, स्वतन्त्र सांसद् श्यामकुमार श्रेष्ठ (काभ्रे), बहजनशक्ति पार्टीका विश्वेनद्र पासवान, संघीय लोकतान्त्रिक मञ्च) भरुहटका रुक्मिणी चौधरी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, नयाँ शक्ति नेपालका गंगा चौधरी, बौद्धिक जनतान्त्रिक परिषद्का लक्ष्मण राजवंशी, अखण्ड पार्टी नेपालका डा कुमार खड्का, जनजागरण पार्टीका लोकमणि ढकालले मन्तव्य राखेका थिए।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए ।

सांसदहरुलाई बाटो खर्च दिएर बिदाई गरिने 

चार बर्ष अघि मङ्सिर ४ गते निर्वाचित भएर आएका सांसदहरु असोज २८ गते व्यवस्थापिका-संसद्को आयु सकिएपछी पुर्व भएका छन। उनीहरुलाई असोज महिनासम्मको तलब भत्ता र सुबिधा उपलब्ध गराइने संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए। यस अघिको प्रचलन अनुसारलाई निरन्तरता दिंदै भूतपूर्व भएका सांसदहरुलाई यातायात खर्च समेत दिईनेछ।    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved