५ लाख घुस काण्डमा डीएसपी पनि तानिए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 01:58:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको छ।   

डीएसपी भण्डारीलाई आइतबार प्रहरी कार्यालयबाटै रंगेहात घूस रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । अपहरण मुद्दामा डीएसपीले ५ लाख घूस खाएको अख्तियार स्रोतले जानकारी दिएको छ। 

बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्र सिंह भाट, बाल सुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाहले तार्केश्वरका बिनोद थापासँग मिलेर सेवाग्राहीसँग ५ लाख घुस मागेको बताइएको छ। नियन्त्रणमा लिइएका डीएसपीलाई अख्तियारले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved