धारिलो हतियार प्रयोग गरी दम्पत्तीकै हत्या, छोरा घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 06:30:03 AM मा प्रकाशित

laxmi  sunrise bank

दैलेखमा धारिलो हतियारको प्रयोग गरी एक दम्पतिको हत्या भएको छ भने दम्पतिका एक छोरा घाइते भएका छन । दैलेखको भगवतीमाई गाउँपालिका–७ बडाभैरव लाम्तडका ४० बर्षीय जयबहादुर सिंह र उनकी ३९ बर्षीया श्रीमती कमला सिंहको आइतबार राती हत्या भएको हो ।आइतबार बेलुकी ८ बजे सिंहका परिवारलाई धारिलो हतियार खुकुरी र हसिया प्रहार भएको थियो ।


घटनामा मृतक दम्पतीका छोरा दिपकबहादुर सिंहको पनि घाँटीको आधा भाग काटी घाईते अवस्था भेटिएकोमा उनलाई भने तत्कालै उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।


दम्पत्तिको  हत्या सोही स्थानमा बस्ने खेमराज खड्का लगायतका ३ र ४ जनाको समुहले गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई अस्थायी प्रहरी पोष्ट लोहारले पक्राउ गरेको छ भने अन्य फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved