काठमाडौँमा मात्र २६ हजार बढीले लाइसेन्स बिना चलाउछन् सवारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 10:25:32 AM मा प्रकाशित

laxmi  sunrise bank

 काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो । 


महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारी साधन चलाउनेको संख्या धेरै रहेको बताउछन् । “विना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ,”–प्रमुख खनालले भने  । 
उनले सवारी साधनको वृद्धिसँगै लाइसेन्स नलिई सवारी चलाउने चालकको संख्यामा समेत वृद्धि हुँदै गएको बताए । 
महाशाखाले अहिले बिना लाइसेन्स सवारी चालक चलाउने चालकमाथि रु एक हजार जरिवना लिँदै आएको छ । पहिला रु २५० राजश्व लिँदै आएको महाशाखाले २०७३ वैशाख १३ गतेको निर्णयअनुसार एक हजार राजश्व लिँदै आएको हो । 


पक्राउ परेका सवारी साधन फिर्ता भने सम्बन्धित सवारी धनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ । हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved