सरकारबाट बाहिरिन सक्ने प्रचण्डको संकेत, प्रधानमन्त्रीको चाहना अनुसार निर्णय लिने घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 12:30:35 PM मा प्रकाशित

laxmi  sunrise bank

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरने सक्ने संकेत गरेका छन्  । सोमबार बिहान अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्रीसंग भेट्ने र प्रधानमन्त्रीले चाहेको के हो त्यहि आधरमा निर्णय लिने बताएका हुन्  ।

अध्यक्ष प्रचण्डले भने  ‘हामीले संघ र प्रदेशको निर्वाचनसम्म नेपाली कांग्रेसको सरकारलाई समर्थन गर्ने र निर्वाचन सम्पन्न गर्ने सहमति गरेका थियौं । उक्त सहमतिमा हामी अहिले पनि इमान्दार छौं । यो बीचमा प्रधानमन्त्रीले राप्रपाका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । हाम्रा मन्त्रीहरुको अवस्था के हुन्छ ? भन्ने चासो पनि व्यक्त हुन थालेको छ । आजै प्रधानमन्त्रीसँग भेट्छु, उहाँले चाहेको के हो ? त्यसैका आधारमा हामी निर्णयमा पुग्छौं ।’

प्रधानमन्त्रीले माओबादीका मन्त्रीहरुलाई बिना विभागीय बनाउने चर्चा चलिरहेको बेला प्रचण्डको यस्तो भनाई आएको हो  ।

अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकमा प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने पनि स्पष्ट पारे  ।
  प्रचण्डले इतिहासका सकारात्मक परिघटनाको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने बताएका हुन् ।

‘हामीले एमाले लगायतका कम्युनिष्ट र बामपन्थी समूहसँग पार्टी एकताको तयारी गरेका छौं । एकताको तयारीपछि कतिपय साथीहरुले जनयुद्धको भूमिका के हुन्छ ? महान् जनयुद्धमा बलिदान गरेका सहिदहरुको सम्मान हुन्छ कि हुँदैन ? बेपत्ताहरुको सम्मान कसरी हुन्छ ? जस्ता प्रश्न उठाउनु भएको छ’, अध्यक्ष प्रचण्डले भने , ‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलठूला बलिदान भएका छन्, संघर्ष भएका छन् । तीनै बलिदानी र संघर्षको बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । जनयुद्धसहित इतिहासका यी सबै घटनाहरुको सम्मान हुन्छ, संश्लेषण हुन्छ र इतिहासमा भएका सकारात्मक परिघटना र योगदानको सम्मानसहित पार्टी एकता हुन्छ ।’



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved