४९ दलले बुझाए समानुपातिकको बन्द सूची

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 04:56:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलहरुले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन। 

सातवटै प्रदेशका प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको नामावली प्रदेश अनुसार बेग्ला बेग्लै बन्दसूची समेत निर्वाचन अधिकृतको कार्यालयमा हिजै पेश गरेको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन अधिकृतबाट प्राप्त जानकारी अनुसार, प्रदेश नम्बर एकमा २७, प्रदेश नम्बर दुईमा २९, प्रदेश नम्बर तीनमा ३१, प्रदेश नम्बर चारमा २०, प्रदेश नम्बर पाँचमा २७, प्रदेश नम्बर छमा १८ र प्रदेश नम्बर सातमा २० वटा राजनीतिक दलले उम्मेदवारहरुको बन्दसूची पेश गरेका छन् । 

बन्दसूची पेश गर्न सुरुमा ५५ वटा राजनीतिक दलले आयोगमा आई प्रक्रिया सुरु गरे पनि केही राजनीतिक दलले प्रतिनिधिसभाको लागि नभई प्रदेशसभामा मात्रै बन्दसूची पेश गरेका छन् । आयोगमा आई बन्दसूची पेश गर्नका लागि असोज २९ गतेलाई मिति तोकिएको थियो । 

दलहरुले आयोगमा पेश गरेका उम्मेदवाहरुको बन्दसूचीलाई असोज ३० गते देखि कात्तिक ५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्ने कार्यक्रम छ। 

कानुनी व्यवस्था अनुसार उम्मेदवारको बन्दसूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा तयार भए नभएको वा अन्य रीत पुगे नपुगेको एकीन गरी त्यस्तो रीत पुगेको नपाइएमा सम्बन्धित दललाई सो सूची सच्चाउन आयोगले सूचित गर्ने प्रावधान छ । 

निर्वाचन कार्यक्रम अनुसार, समानुपातिक निर्वाचन निर्देशिका अनुसार आयोगले निर्देशन गरे बमोजिम सम्बन्धित राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved