आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्ने: स्वास्थ्यमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 10:12:59 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको हो । 

मन्त्री पोखरेलले भन्नुभयो, “नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि आयुर्वेद र योगको महत्व छ । हामीले संयुक्त राष्ट्रसंघमा योग दिवस मनाउने प्रस्ताव पहिल्यै नलगेर गल्ती ग¥यौँ अब बुद्ध जयन्तीको अवसरमा ध्यान दिवस पनि मनाउने प्रस्ताव लैजानुपर्छ ।”उहाँले नयाँ स्वास्थ्य नीतिमा आयुर्वेदका सम्पूर्ण विषयलाई समेट्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले प्रत्येक विद्यालयबाटै योग र स्वास्थ्य जीवनशैलीबारे विद्यार्थीमा शिक्षा दिनु आवश्यक भएको बताउनुभयो । उहाँले पर्याप्त बजेटको अभावमा आयुर्वेद र योगसम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन नभएकाले यसमा लगानी बढाउनसमेत आग्रह गर्नुभयो । 

योगाभ्यास र पञ्चकर्मबारे जनतालाई सेवा दिनका लागि बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ । आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण लागिएको हो । 

सामान्य जनतादेखि विशिष्ट, अति विशष्टि व्यक्तिसम्मका लागि बन्ने ठूलो योग सेन्टरमा अहिले प्रशासनिक भवन बन्दैछ, जसका लागि रु एक करोड ५० लाख छुट्याइएको छ, अन्य भवनका लागि नक्साङ्कन भइरहेको छ भन्दै महानिर्देशक उपाध्यायले पूरै भवनका लागि गुरुयोजना बनाउन लागिएको र यसका लागि करिब रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।” 

उक्त सेन्टरमा स्वास्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतको सेवा दिई नसर्ने रोगबारे कार्यक्रम हुने बताइएको छ । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा आजै टेकुदेखि नरदेवीस्थित आयुर्वेद चिकित्सालयसम्म प्रभातफेरी गरिएको थियो । 

स्वास्थ्यमन्त्री पोखरेलले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बिरामीलाई फलफूल वितरणसमेत गर्नुभएको थियो ।  रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved