बुधबारबाट फेरी खुल्दै डिभी लोटरी, पहिले भरेकाले पनि पुन: भर्नु पर्ने, यस अघिका आवेदन रद्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 10:58:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को इडिभी (इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) को लागि अमेरिकाले अक्टोबर ३ देखि आवेदन खुला गरेको थियो । तर त्यसको एक साता पनि नबित्दै डिभी भर्ने वेबसाइट डिभी लोटरी डट स्टेट डट जीओभी डाउन भयो । त्यसपछि डिभी भर्नेहरु डिभी भर्न पाएका छैनन् भने अब के हुन्छ भन्ने अन्योल बढेको छ  । 

यसै बीच अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ कन्सुलर अफेयर्सले डिभी लोटरी फेरी खुल्ने बताएको छ । बिभागले आफ्नो वेबसाइट स्तरोन्नति गर्नको लागि बन्द गरिएको र भोली बुधबार देखि फेरी डिभी लोटरी खुल्ने जनाएको हो ।  

बिभागका अनुसार भोली १८ अक्टोबर (कात्तिक १ गते) नेपाली समयअनुसार बेलुका ९ः४५ बजेदेखि फेरी डिभीको लागि आवेदन दर्ता गर्न सकिने  छ । साथै यस अघि आवेदन दिएकाहरुको सबै आवेदन रद्द भएकाले उनीहरुले पुन डिभी भर्नु पर्ने भएको छ । 

डिभी १८ अक्टोबरदेखि नोभेम्बर २२ सम्म खुला रहने भएकाले यो अवधिमा आवेदन दिनेहरुको आवेदन मात्र लोटरीको लागि योग्य हुने छ । बिभागले यस अघि भरेकाहरुले प्राप्त गरेको कन्फरमेशन नम्बर पनि फाल्न अनुरोध गरेको छ  ।  

आवेदन खुलेपछि https://www.dvlottery.state.gov/ मा गएर डिभी भर्न सकिने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved