भीमदत्त राजमार्गमा सवारी दुर्घटना, २ को मृत्यु, १५ गम्भीर घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 03:46:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुवाहक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीमध्ये १५ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा देहिमाण्डौँं बैतडीकी ८० वर्षीया द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका– १४ का विक्रम बोहरा रहेको प्रहरीले जनाएको छ । 


डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र भीमदत्तनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नंको बस आज मध्याह्न १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो । 


उद्धार जारी रहेकाले २४ घाइतेको परिचय खुलेको छैन । तीमध्ये गम्भीर घाइतेलाई धनगढी र बाँकीलाई डडेल्धुरा पठाइएको प्रहरीचौकी गैराका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गणेशबहादुर चन्दले जानकारी दिए  । 

दुवै गाडी तीव्र गतिमा गुडिरहेका कारण ठूलो क्षति भएको बताइएको छ । क्षतिग्रस्त बस दुवै सडकमै अड्किएका छन् । दुर्घटनापछि राजमार्ग केही समयका लागि अवरुद्धसमेत बनेको छ । उद्धारपछि डोजरको सहायताले बस हटाएर राजमार्ग पुनःसञ्चालन गर्ने प्रयास भइरहेको इञ्चार्ज चन्दले जानकारी दिए   ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved