निर्वाचन कार्यक्रम सार्न माग गरिएको रिटमा भोलि बुधबार सर्बोच्चले अन्तिम फैसला गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 03:54:53 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन कार्यक्रम सार्न माग गर्दै दायर गरिएको रिटमा भोलि बुधबार सर्बोच्च अदालतले अन्तिम फैसला  सुनाउने भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ गरी मतपत्र चार वटा बनाउनु पर्ने र प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको तालिका सार्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए। 

यस रिटमा आज दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलास बहस भएको छ । अब एक जना  कानुन व्यवसायीको बहस बाँकी रहेकोले भोली बहस हुने र भोली नै अन्तिम फैसला हुने भएको हो । 

यदि अदालतले रिट निवेदकले माग गरेको जस्तो प्रदेश र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि फरक फरक मत पत्र छाप्न आदेश भएमा चुनाव सर्ने सक्छ। 

सरकारबाट बाहिरिने तयारी गरेका माओबादी मन्त्रीहरुले चुनाव सार्ने चलखेल भएको भन्दै सरकार मै बसिरहने निर्णय गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved