दोस्रो चरणको मतदान सकिएपछि मात्र मतगणना सुरु हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 10:42:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको मतदान सकिएपछि मात्र मतगणना सुरु हुने भएको छ ।  यस संगै आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना भने एकै चरणमा हुने भएको हो । 


 आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर १० गते सम्पन्न हुने निर्वाचन अन्तर्गत मतदान सकिएपछि मतपेटिकाहरु संकलन गरेर राखिने र मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनपछि मात्रै देशभर मतगणना शुरु गरिने  बताए । 

निर्वाचन आयोगले मंसिर १० गते उच्च पहाडी तथा हिमाली ३१ जिल्ला र २१ गते थप ४६ जिल्लामा मतदान हुने कार्यतालिका बनाएको छ ।

जनशक्तिको कमि र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगले जनाएको छ ।

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved