यस्तो छ बाम गठबन्धनको चुनावी तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 11:05:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पु¥याउन प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम गर्ने भएका छन् । 

चुनावी तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने र निर्वाचन क्षेत्र बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम दुई ठूला बाम दलले सँगसँगै अघि बढाएका छन् । बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम एक दुई दिनभित्रै टुङ्ग्याउने तयारी पनि ती दलले गरेका छन् । 
उम्मेदवारी र घोषणापत्र बाँडफाँडका लागि गठित संयुक्त कार्यदलले काम गरिरहेको छ भने एमाले स्थायी कमिटीको ८७ औं बैठक पनि जारी छ । ती दलबीच गत असोज १७ गते चुनावी तालमेल र एकताको घोषण भएको थियो । 

एमाले र माओवादीले वैचारिक सिद्धान्त र क्रान्तिको कार्यक्रमलाई क्रमिक छलफलबाट विकास गर्ने र मुलुकको समृद्धिका लागि सबै कम्युनिष्ट र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको एकता र सहकार्यलाई प्राथमिकता दिन सहमत भएका छन् । नयाँ शक्ति नेपाल भने उक्त सहमतिमा आएपछि हाल बाम गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । 

एमालेको जारी बैठकमा निर्वाचन आचारसंहिता लागू भइसकेको र समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारको मनोनयन समेत भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु, कार्यविभाजन र विभागीय हेरफेर गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन भएको ठहर गरिएको सो पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले बताए । 

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार सैद्धान्तिक रुपमा दुई पार्टी तालमेल र एकताको प्रक्रिया तलसम्म लान तयार भएका छन्, निर्वाचनको प्रचार र आन्तरिक संगठनात्मक संयुक्त भेला क्रकिमरुपमा हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved