झापाको चर्चमा विष्पोट गराउने प्रमुख योजनाकार पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 05:35:44 PM मा प्रकाशित

laxmi  sunrise bank

इशाई धर्मको बिरोध गर्दै चर्चमा बिस्फोटन गराएर सर्बसाधारणलाई आतंकित पार्ने प्रमुख योजनाकार पक्राउ परेका छन। झापाको चर्चमा बिष्फोट बनाउने प्रमुख योजनाकार हिन्दू मोर्चा नेपालका केन्द्रीय संयोजक माधवप्रसाद भण्डारी पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ। 

मकवानपुर हटिया-५ घर भई हाल महाराजगंज, काठमाडौं बस्ने ३९ वर्षे विजय शर्मा भन्ने माधवप्रसाद भण्डारीलाई प्रहरी अपराध महाशाखा काठमाडौं टोलिले लाजिम्पाटबाट पक्राउ गरेको हो।   

भण्डारीले नेपाल धर्म निरप्रेक्ष राष्ट्र घोषणा गर्न भनी संसदबाट संविधानमा व्यवस्था भएपछी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने दबाव स्वरूप र क्रिष्चियन धर्मको विरूद्धमा भदौ २८, २०७२ राति करिब साढे ११ बजे झापाको तत्कालिन खजुरगाछी-६ का इमानुयल वेस्लेयान चर्चमा विष्फोट गराएका थिए ।

 भण्डारीमाथि विष्फोटक पदार्थ ऐन २०१८ तथा संगठित अपराध निवारण ऐन २०७० अनुसार कार्वाही हुने प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिएका छन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved