'देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ, मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 06:55:57 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक बर्ष झैँ यस बर्ष पटकको तिहारमा पनि हास्य कलाकारहरुको संगठन सिस्नोपानी नेपालले हाँस्यव्यंग्य देउसी कार्यक्रम गरेको छ।  बुधबार साँझ राजधानीको कमलादीको प्रज्ञा प्रतिष्ठानमा सिस्नुपानी नेपालका कलाकारहरुले देउसी कार्यक्रम गरेका हुन् ।

अघिल्ला बर्षहरुमा झैँ यस पटकपनि कलाकारहरुले देशको राजनीतिक तथा सामाजिक क्षेत्रका विकृति विसंगतिलाई देउसीको माध्यमबाट व्यंग्य गरेका छन्।

देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली, एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहार, एमाले र माओवादीको गठबन्धन, काठमाडौंको मेयरको सपनालगायत अरु समसामयिक विषयमा व्यंग्य प्रहार गरिएको छ ।    

साथसाथै समसामयिक बिषयहरुमा समेत व्यंग्य प्रहार गरिएको छ । नेपाल आयल निगमका प्रमुख गोपाल खड्का, मेडिकल माफिया र अख्तियारका प्रमुखमाथि सिस्नोपानी नेपालका कलाकारले कडा व्यंग्य प्रहा र गरेका थिए ।    

 सिस्नुपानी नेपालले ‘भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी’ को संज्ञा दिएको छ । प्रज्ञा प्रतिष्ठानको दर्शकले खचाखच भरिएको कार्यक्रममा राजनीतिका दलका केही नेताहरु उपस्थित भएका थिए ।

सिस्नुपानीको देउसीमा समावेश केही टुक्काहरु यस्ता छन् :

देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ

मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ

समाजवादी बाटोमा देउवा ईँटा थप्दैछन्

खुमबहादुर टिकट बाँड्छन्, देउवा थाप्दैछन्

मै  हुँ भन्थ्यो दिल्ली पनि अहिले हेर्या हेर्यै भो

देउवाजीको कालो बोको छेर्या छेर्यै भो ।

 

केपी ओली, प्रचण्ड मिले भन्छन् रातारात

हिजोसम्म काटाकाट, आज चाटाचाट

एमाले र माओवादीको लगनगाँठो बरिलै

दुई दिनको रामछायाँ कि जुनी भरिलाई

गर्मी हुँदा रुखतिर, जाडो हुँदा घामतिर

छलाङ मार्दै प्रचण्ड पुग्लान् धामतिर ।

 

काठमाडौंमै सिंगापुर देखियो

फोहोरले फ्लाइओभर छेकियो

मोनोरेल मनमनै चढियो

चिप्लेर झण्डै लडियो

मेट्रो पनि चलेछ, मोनोरेल नि गुडेछ

चढी आयौं ठमठम ।

हावा हाने फुस्स फुस्स एउटै अण्डा पारेनन्

के को विद्या के को सुन्दर माखै मारेनन्

बेलाबेलै खप्की खान्छन् प्याच्चपुच्च बोलीले

दुई नम्बरमा झण्डै चिम्टा बोके ओलीले

गुन्डा डनले टिकट पाए एमालेमा पसेर

चरी घैंटे रुँदा हुन् माथि बसेर ।

 

दिल्लीले निम्तो नगरोस्

चुनावको मिति नसरोस्

संविधान पूर्ण सफल होओस्

समृद्धि यात्रा डबल होओस् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved