डोटी बस दुर्घटना अपडेट: १२ जना घाइते, मृतक दुई जनाको सनाखत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 19, 2017 | 10:59:59 AM मा प्रकाशित

laxmi  sunrise bank

डोटीको बढीकेदार गाउँपालिका वडा नम्बर २ मा यात्रुबाहक बस दुर्घटना भएको छ। दुई जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनाको तेस्रो दिन बिहिबार यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। 

अत्तरकाँडाबाट कैलालीको धनगढीका लागि छुटेको ना ३ ख ५६४८ नं. को सुदूरपश्चिम यातायातको बस दुर्घटना हुँदा बडीकेदार गाउँपालिका-४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुने अर्का तीन बर्षीया बालिका रहेको तर सनाखत हुन बाँकी रहेको छ।  

दुर्घटनामा परि बसमा सवार अन्य १२ जना घाइते भएका छन। घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ ।बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुग्ने क्रममा रहेको बताइएको छ। 

१५ जना यात्रु बोकेर हिडेको उक्त बस सडकबाट करीव एक सय मिटर तल खोलामा खसेको छ। थप  विवरण केहि बेरमा



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved