लक्ष्मी पूजामा देशभर बिजुली नकाटिने, कुलमान आफै फिल्डमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 19, 2017 | 05:56:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरणले आज देशैभर लोडसेडिङ हुन नदिने भएको छ। गत बर्ष काठमाडौं उपत्यकामा लोडसेडिङ नगरेको प्राधिकरणले यस बर्ष लक्ष्मी पूजाको राति देशभर लोडसेडिङ हुन नदिने जनाएको छ। 

प्राधिकरणले आज आज रातभरी देशैभर बत्ती दिने रणनीति अपनाएको छ। ब्यवस्थापकीय तयारी सवैतिर गरिएको र सबस्टेसन तथा ट्रान्सफर्मरहरुको चेकजाँच गरिएको जनाइएको छ । कहीकतै ओभरलोडका कारण विजुली गए तत्काल मर्मतका लागि टोली तम्तयार राखिएको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताएका छन। 

'प्राबिधिक समस्या आएका ठाउँमा बाहेक अन्त आज देशभर लोडसेडिङ हुँदैन, उनले भने, 'प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित उच्च तहका प्राविधिकहरु लक्ष्मी पूजाको दिन विद्युत आपूर्ति नियमित गर्ने उदेश्यका साथ फिल्डमा खटिनु भएको छ'

प्राधिकरणले उद्योगहरुमा बिद्युत आपूर्ति बन्द गरेर देशभर सर्वसाधारणको घरमा बिजुली आपूर्ति गर्ने बिधि अपनाएको छ । उद्योगको ३ सय मेगावाट बिजुली काटेर सर्वसाधारणको घरमा पठाइएको छ।    

देशैभर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पूर्ण क्षमता सञ्चालन गर्ने तयारि गरेको छ।  प्राधिकरणले हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफ्युल प्लाण्ट पनि सञ्चालन गर्ने भएको छ।। 

देशभर आज कुल १५ सय ५० मेगावाट विजुलीको माग हुने अनुमान छ। अहिले प्राधिकरणका आयोजनाहरुबाट ४ सय ४२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निजी आयोजनाबाट ३ सय ६० मेगावाट उत्पादन हुँदैछ । आज भारतबाट ४ सय ५० मेगावाट विद्युत् आयात गर्ने प्राधिकरणको तयारी छ ।गत वर्ष लक्ष्मीपुजाको दिन बिजुलीको माग १ हजार ४४४ मेगावाट थियो । 

प्राधिकरणले सूचना नै जारी गरेर सर्वसाधारणलाई बढी बिजुली खपत हुने सामग्री सकेसम्म प्रयोग नगर्न भनेको छ भने ब्यापारिक मल तथा ठूला होटेलहरुलाई जेनरेटर चलाएर सहयोग गर्न आग्रह गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved