३२ जिल्लाका ७४ सिटको भागबण्डा : एमाले ४१, माओवादी ३३ (सूचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 20, 2017 | 01:53:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी निर्वाचनका लागि तालमेल र निर्वाचन पश्चात पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाका लागि ३२ जिल्लाका ७४ सिटको बाँडफाँड टुंगो लगाएका छन्।

बाँडफाँडमा सहमति भए अनुसार मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ७४ सिटमध्ये एमालेले ४१ र माओवादीले ३३ सिट पाएका छन्।

सबै जिल्लामा प्रतिनिधित्व हुनेगरी सिट बाँडफाँड भएसंगै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका साथ चुनावी मैदानमा जाने चर्चा अब निश्चित भएको छ । 

दुवै दलले बनाएको कार्यदलले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि प्रदेशसभाको सिट बाँडफाँड टुंगो लगाएको हो ।   

एमालेले प्रदेश सभामा

ताप्लेजुङ (क) 

पाँचथर (क)

संखुवासभा (ख) 

भोजपुर (क र ख)

सोलुखुम्बु (क र ख) 

ओखलढुंगा (क) 

खोटाङ (क) 

दोलखा (ख)

रामेछाप (क र ख) रसुवा (क) 

सिन्धुपाल्चोक-१ (ख) र सिन्धुपाल्चोक-२ (ख) 

नुवाकोट-२ (क) 

लम्जुङ (क र ख) 

धादिङ-१ (क), धादिङ-२ (क)

मनाङ (क र ख) 

म्याग्दी (ख) 

गोरखा-१ (ख) बाग्लुङ-१ (ख) 

बाग्लुङ-२ (ख) 

डोल्पा (क) 

जुम्ला (ख) 

कालिकोट (क) 

जाजरकोट (क र ख) बझाङ (क)

बाजुरा (क र ख) 

बैतडी (ख) र दार्चुला (क) 


माओवादी केन्द्र

ताप्लेजुङ (ख)

पाँचथर (ख) 

संखुवासभा (क)

ओखलढुंगा (ख) 

खोटाङ (ख) 

दोलखा (ख) 

रसुवा (ख) 

सिन्धुपाल्चोक- १ (क)

२ (क) 

नुवाकोट-१ (क) 

धादिङ-१ (ख) 

गोरखा-१ (क)

गोरखा-२ (क) र (ख)

बाग्लुङ-१ (ख) 

बाग्लुङ- २ (ख)

म्याग्दी (क) र रोल्पा (क र ख) 

रुकुम पूर्व (क र ख) 

जुम्ला (क) 

कालिकोट (ख) हुम्ला (क र ख) 

रुकुम पश्चिम (क र ख) 

डोल्पा (ख)

बझाङ (ख) 

बैतडी (क) र दार्चुला (ख) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved