नेपालमा यसरि हुन्छ ‘बिट क्वाइन’ बाट अवैद्य आर्थिक धन्दा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2017 | 09:44:17 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७४-लघु जलविद्युत् आयोजनाको थ्रीफेज लाइनमार्फत एउटा गाउँको सानो झुप्रोले मासिक सरदर २५ हजार रुपैयाँ शुल्क तिर्दा वरपरका मानिस झस्किन्थे ।

दोलखाको किर्नेटारमा लगभग डेढ लाख लगानीमा बनेको उक्त झुप्रोभित्र प्रयोग भएको विजुलीको रकम काठमाडौंका प्रशान्तप्रताप शाहाले भुक्तानी गर्थे । पाँच महिनामा २५ हजार युनिट विजुली खपथ गरिसकेपछि प्रहरीको अनुसन्धान शाखाले उनले गरेको ‘बिटक्वाइन’ को अबैध धन्दामार्फत १५ लाख डलरको कारोबार भैसकेको थियो ।

अमेरिकाबाट इलेक्ट्रिकल इन्जिनियर गरेर फर्किएका २३ बर्षिय प्रशान्तप्रताप आफु राजधानी बसेर दोलखाको किर्नेटारमा जडित सर्वरमार्फत उक्त धन्दा गर्थे । प्रहरीको प्रारम्भीक अनुसन्धानले पाँच महिनामा १५ लाख युएस डलरको कारोबार भएको दोलखाका प्रहरी प्रमुख प्रनाउ रामेश्वर कार्कीले बताए । ‘राष्ट्र बैंकले प्रतिबन्ध भनिएको बिटक्वाइनको कारोबार भएको खुल्नेवित्तिकै कारोबारस्थलका सामाग्री र प्रशान्तप्रताप शाहा भनिने व्यक्ति प्रक्राउ गरिएको उनले बताए ।

ग्रामीणवस्तीमा नेटवर्क स्थापनागरी अन्तराष्ट्रियस्तरमा बिटक्वाइनमार्फत अबैध आर्थिक धन्दा गरिरहेको खुलेपछि नेपालमा नौलो खालको अपराध भइरहेको खुलेको हो । कम्प्युटर कोडमार्फत बोलकबोल हुने उक्त डिजिटल क्वाइनलाई इन्टरमार्फत उत्पन्न गरिएको गणितिय कोडमा निर्भर विश्वासलाई सुन, डलर वा युरो जतिकै मूल्यवान ठानेर गरिने कारोबार कर छलि गर्दै अबैध धन्दाको रुपमा लिइने भएकोले कार्वाही थालिएको प्रहरीको भनाई छ ।

माइनिङ डिभाइससहित उपकरण जडान गर्न प्रशान्तप्रतापले स्थानीय टहरा बनाउन एकलाख ५० हजार खर्च गरेका थिए । जग्गा र उक्त क्षेत्र हेरचाहका लागि प्रतिमहिना १५ हजार भाडा दिनेगरी सञ्चालित अबैध केन्द्रलाई प्रशान्तप्रतापले काठमाडौंबाट इन्टरनेटमार्फत निगरानी गर्थे र हुण्डि वा बैंकको स्वरुपमा अदृष्य आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको कान्तिपुरले लेखेको छ।

अवैध धन्दास्थल दोलखा रोजिनुको कारण

खिम्ती ग्रामीण सहकारीले उक्त क्षेत्रका करिब आठ हजार घरमा कहिल्यै लोड सेडिङ नहुने विद्युत गरेको र प्रतियुनिट ५ रुपैयाँ दर भएकाले पनि प्रशान्त उक्त स्थलबाट लोभिएको हुनसक्ने अनुमान छ । सहकारीका उपभोक्तालाई भन्दा एक रुपैयाँ महगों अर्थात केन्द्रीय प्रशारण लाइनको प्रतियुटिन भन्दा आधा सस्तो ६ रुपैयाँ प्रतियुनिटमा विजुली पाइएका कारण उक्तस्थलमा प्रशान्त आकर्षित भएको देखिन्छ । कहिल्यै लोडसेडिङ नहुने विद्यत् पाइने क्षेत्रबारे खिम्ती जलविद्युत आयोजनासँग जोडिएको एक उच्च तहको प्रष्ठितित कर्मचारीको छारो भएको नाताले प्रशान्त सानैदेखि जानकार थिए ।  


सरकारी कर र नियमहरू

बिटकोइन आधिकारिक अन्तराष्ट्रि रुपमा पनि आधिकारिक मुद्रा मानिदैन । सरकार र वा स्थानीय नगरपालिकाहरूले जारी गरीएको ट्याक्स र अन्य कानुनी वा नियामक प्रबन्धहरू पालना गराउनु कठिनाइ भएकाले यस्तो धन्दाबारे नेपाल स्वीकार नगरिएको प्रहरीको भनाई छ । 


तीक्ष्ण बुद्धिको दुरुपयोग

दोलखा किर्नेटारमा बरामद गरिएको माइनिङसहितको बिटक्वाइन धन्दा कम्प्युटर गणितिय कोडहरुमार्फत मुद्रा उत्पादन र कारोबारको तीक्ष्ण बुद्धिको उपज हो तर कानुनी दायरामा नआएकाले अबैध हो । गुमनाम रूपले गरिने व्यापारले अन्तर्रा्ष्टि्रय भुक्तानी गर्न सजिलो भएकाले अबैध, डलर र युरो कारोबार छलिमा यसको दुरुपयोग भैरहेका खुल्दै आएको छ ।  विभिन्न अनलाइनहरुका अनुसार कुनै पनि देशमा नियमनका अधीनमा नभएको भुक्तानी प्रकृयाका बिटकोइन कारोबारीले लागु औषध र विनियमयहरुमा प्रयोग गर्दै आएको पाइन्छ । दोलखा प्रहरीले केन्द्रीय अनुसन्धानमा बुझाएको उक्त मुद्दाको थप अनुसन्धान भैरहेको बताइएको छ ।


के हो बिटकोइन ?

डिजिटल वालेटमा भण्डारण गरिने बिटक्वाइन आकासमा वा प्रयोगकर्ताको कम्प्युटरमा अवस्थित छ । वालेट एक प्रकारको भर्चुअल बैंक खाता हो जसले प्रयोगकर्ताहरूलाई बिटकोन्स पठाउन वा प्राप्त गर्न अनुमति दिने यससम्बन्धी लेखहरुमा उल्लेख छ । 

बिटकोन्स विद्युतीय मुद्रा हो यसलाई ’क्रिटोक्रोरेन्सी’ पनि भनिन्छ । डिजिटल सार्वजनिक धनको रूपमा लिइने बिटक्वइन्स पेस्टस्किङ् गणित कम्प्युटेशनलद्वारा बनाईएको हुन्छ जसलाई प्रयोगकर्ताहरूले खनिजबाट सुन उत्खनन भएजस्तै ठान्छन् । कानुनको आखाँ छलेर पैसा सार्नसक्ने विश्वास सिजर्ना भएकोले यसको मूल्य सुरुमा प्रति विटक्वाइन आठदेखि १० सेन्ट भएकामा अहिले ४६ सय डलरसम्म मानिने जानकारीमा आएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । 

बैंकिङ सार्न र पैसा भण्डारण गर्न आवश्यक नभएको भर्चुअल सिक्काहरू संसारभर नै विवादस्पद कारोबार हो र नेपालमा राष्ट्र बैंकले कानुनविपरित भन्दाभन्दै कारोबार भैरहेको खुलेको छ । व्यक्तिगत डाटाबेस जस्तो की कम्प्युटरको ड्राइव, स्मार्टफोन, ट्याब्लेटमा वा क्लाउडमार्फत गरिने भएकाले यसको अदृष्य धन्दा पत्ता लगाउन कठीन छ तर यसमा नेपाल प्रहरी दोलखा घटनाबाट थप दोषीहरुको नजिक पुग्न सफल हुँदै गएको छ । यसको धन्दा २००९ बाट सुरु भएको र अहिले अनलाइन नेटवर्कमार्फत फैलदै गएको पाइएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved