पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा आज उम्मेदवारी दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 09:09:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज आइतबार उम्मेदवारी दर्ता गर्ने क्रम जारि छ  । आयोगले मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकेको  छ । 

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ता भई रहेको हो  । 

प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने प्रावधान छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् । दलहरुले यस अघि नै समानुपातिक निर्वाचनको लागि बन्द सुची पेश गरिसकेका छन् । 

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved