शान्तिपूर्णरूपमा उम्मेदवारहरूको मनोनयन दर्ता सुरु, यी हुन् आवश्यक कागजात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 10:37:57 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयनको दर्ता कार्य शान्तिपूर्णरूपमा सुरु भएको छ । मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपरान्ह ५ बजेसम्म चल्ने छ । 

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको फारम लैजानुका साथै उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्रका साथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारको हकमा आधिकारिक हस्ताक्षरसहितको औपचारिक पत्र बुझाउनुपर्ने छ । मनोनयपत्रमा प्रस्तावक, समर्थक तथा उम्मेदवारको सहीछाप गरी पेश गर्नु पर्दछ । धरौटी रकमको हकमा प्रतिनिधिसभा सदस्यका लागि रू. १० हजार र प्रदेशसभा सदस्यका लागि रू. ५ हजार निर्धारण गरिएको छ । महिला, दलित वा अल्पसङ््ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छूट हुने व्यवस्था रहेको छ ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने छ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी रहेका छन् । आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved