कांग्रेसका २ उम्मेदवार जसले मनोनयन दर्ता गराउन जान हेलिकप्टर चार्टर गरे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 12:51:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भोजपुरबाट प्रतिनिधि सभा र प्रदेशसभाको लागि टिकट पाएका २ उम्मेद्वार हेलिकप्टर चार्टर गरी उम्मेद्वार मनोनयन गर्न गएका छन् । नेपाली काँग्रेसबाट टिकट पाएका प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझी र प्रदेश सभा नं. २ का उम्मेदवार गोविन्द कार्की आइतबार हेलिकप्टर चार्टर गरेर उम्मेदवारी दर्ता गर्न गएका हुन् ।

राजधानीमा रहेका उनीहरुले जिल्ला जानको लागि शनिवारको लागि  नेपाल एयरलाइन्सको विमानको टिकट लिएका थिए। तर  मौसमका कारण उक्त उडान आइतबारका लागि सारिएको थियो । तर, बिहान पनि जहाज उड्ने निश्चित नभएपछि उनीहरू हेलिकप्टर चार्टर गरेर पुगेका हुन्।

  उम्मेदवारी दर्ता गर्न  चार्टर गरिएको हेलिकप्टरमा भोजपुर पुगेका हुन्।

 निर्वाचन आयोगले आइतबार १० बजेदेखि  साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved