युएन मिसनको जागिर छोडेर डिअाइजी रमेश खरेल नेपाल आउदै, यस्तो छ कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 02:26:26 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी नायव महानिरिक्षिक डिआइजी रमेश खरेल संयुक्त राष्ट्र संघको जागिर त्यागेर नेपाल आउने भएका छन् । युएन मिसन अन्तर्गत सुडानमा खटिएका  खरेल मिसन बिचमै छाडेर नेपाल फर्कने भएका हुन् । 

 राष्ट्रसंघले खरेललाई प्रोफेसनल–४ तहको फिल्ड कमान्डरका रुपमा छनाैट भइ २ वर्षका लागि सुडानमा खटिएको थियो। तर खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पुरा नगरी  डेढ वर्षमै नेपाल फर्किन लागेका हुन् । 

उनले चाँडै राष्ट्रसंघको शान्ति मिसनबाट राजिनामा दिने उल्लेख गरेका छन् । उनले सुडानमा विभिन्न देशका ४२ प्रहरी अफिसरको कमाण्ड गर्दै आएका थिए  । 

 भावी प्रहरी महानिरीक्षक (आइजिपी)को दौडधुप सुरु भएकाले त्यसको तयारीको लागि खरेल फर्किन लागेको अनुमान गरिएको छ । खरेल भावी आइजिपीका दाबेदारमध्ये एक हुन् । आगामी चैतमा आइजिपी प्रकाश अर्यालले अवकाश पाएपछि खरेलकै ब्याचबाट एक आइजिपी छानिनेछ । उक्त ब्याचमा डिआइजी खरेल सहित सर्वेन्द्र खनाल, र पुष्कर कार्की छन् । खनाल , खरेल र कार्की क्रमश १, २ र ३ नम्बरमा छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved