२३ बर्षीय युवतीको डिजाइनमा काठमाडौँमा गोली चलेको खुलासा, यसरी घट्यो घटना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 03:53:34 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको म्हैपीमा आज बिहान चलेको गोली घटनाको मुख्य योजनाकार २३ वर्षीया युवती भएको खुलेको छ । बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा  गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका थिए । 

प्रहरीले आज पत्रकार सम्मेलन गरेर उक्त घटनाको मुख्य योजनाकार चितवनको सौराहा घर भई हाल काठमाडौं महानगरपालिका १६ स्थित कुमारी क्लब छेउमा डेरा गरी बस्ने २३ वर्षीया सविना क्षेत्री रहेको बत्येको छ  । उनी सहित नुवाकोटको खानीगाउँ ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय नवराज लामिछाने, काठमाडौं महानगरपालिका १२ का अन्दाजी ३१ वर्षीय सुरेन्द्र शाही र काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३६ का असुन गुरुङ पक्राउ रहेका छन् ।

यसरी घट्यो घटना  ।

आइतबार बिहान साढे तीन बजेतिर ठमेलस्थित एक डान्सबारबाट सविना क्षेत्री बाहिरिइन् । डान्सबारबाट सँगै निस्किएका अरु केही युवाहरुले उनलाई पछ्याए । आफूलाई जिस्काएको भन्दै उनले असुनलाई टेलिफोन गरेर बोलाइन् । त्यसपछि कार चढेर आएका असुनले बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार कल्याणलाई गोली हाने ।  गुरुङको गोलीगाँठो भन्दा माथिपटि्ट गोली लागेको छ ।

 सविनालाई जिस्काएको आरोपमा असुनले गोली हानेको खुल्न आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved