नेपालबाट तेल लिन गएको निगमको ट्यांकरमा आगजनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2017 | 06:02:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट तेल लिन गएको ट्यांकरमा आगजनी गरिएको छ। ट्यांकरले भैरहवा नाका पारि भारतको महाराजगन्ज जिल्लाको सुनौलीमा साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएपछि आक्रोशित समूहले ट्यांकरमा आगजगी गरेको जनाइएको छ।   

लु१ख ७३३० नम्बरको ट्यांकरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भए लगत्तै आक्रोशित समूहले चालकलाई कुटपिट गरी ट्यांकरमा आगो लगाइदिएका हुन। 

'ट्यांकरमा आगो लागेको सूचना पाउनासाथ दमकल पठाएर आगो नियन्त्रणमा लिइयो' रुपन्देही प्रहरी एसपी श्याम ज्ञवालीले भने, ''ट्यांकर खालि भएकाले ठुलो क्षति हुन पाएन।' भैरहवाबाट गएको दमकलले आगोलाई नियन्त्रणमा लिएको थियो ।  


मृतक भारतीय नागरिक भएपनि अहिलेसम्म पहिचान हुन सकेको छैन। ट्यांकर चालक सन्तोष खेरललाई भने भारतीय प्रहरीले सकुशल उद्धार गरी आफ्नो नियन्त्रणमा राखेको छ तर ट्यांकरमा चालकको साथमा सहचालक रहे/नरहेको भन्ने बारे कुनै जानकारी नभएको ज्ञवालीले बताए।  

तस्बिरः राजन शुक्ला

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved