प्रचण्डलाई १ बर्ष कैद सजाय माग गरिएको रिटमा आज सर्बोच्चमा सुनुवाई हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 08:59:16 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा दायर रिटमा आज सुनुवाई हुने भएको छ । न्यायधिस द्वय ओम प्रकाश मिश्र र तेज बहादुर के सीको इजलाशमा उक्त मुद्दाको पेशी तोकिएको छ 

अदालतको आदेश विरुद्ध अभिव्यक्ति दिएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ साल जेठमा सर्वोच्चमा मुद्धा दायर गरेका थिए । सत्यनिरुपण आयोगको क्षेत्राधिकार सम्बन्धमा सर्वोच्चले गरेको निर्णय विरुद्ध प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको मानहानी गरेको  रिटमा उल्लेख छ ।  एक कार्यक्रममा प्रचण्डले ‘शान्ति प्रक्रियाको भावना विपरित जान अदालतलाई कसले छुट दियो ? अदालतको आदेश मान्दैनौ’ भन्ने खालको अभिव्यक्ति दिएको दावी सो रिटमा गरिएको छ ।

रिटमा उनले अदालतको मानहानी गरेको भन्दै न्यायपरिषद् ऐन २०७३ को दफा १७ को उपदफा १ अनुसार एकबर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved