मन्त्रिपरिषद बैठक: लोकदर्शन रेग्मी मुख्यसचिव नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 09:24:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । रेग्मी गृह मन्त्रालयका सचिव थिए  

अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । 

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मी मुख्य सचिव इयुक्त भएका हुन्  ।

 गृहसचिव रेग्मीलाई मुख्यसचिव बनाउनकै लागि प्रधानमन्त्री देउवाले करिब तीन महिना पनि सेवा अवधि नभएका क्षेत्रीलाई मुख्यसचिव बनाएका थिए । त्यतिखेर मुख्यसचिवका लागि सचिवहरू शान्तबहादुर श्रेष्ठ र शान्तराज सुवेदी मुख्य दाबेदार थिए । पूर्वमुख्यसचिव सोमलाल सुवेदीले राजीनामा दिएर एसियाली विकास बैंकमा जागिर खान गएपछि रोलक्रमका आधारमा सचिवहरू सुवेदी र श्रेष्ठ मुख्यसचिवका दाबेदार थिए । तर, सरकारले ५ वर्षे सेवा अवधि पूरा गरेर घर जान लागेका क्षेत्रीलाई तीन महिनाका लागि मात्र मुख्यसचिव बनाएर रेग्मीलाई मुख्यसचिव बनाउने आधार बनाएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved