यस्ता छन् आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका महत्वपूर्ण निर्णयहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 10:19:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ।

यस्ता छन् बैठकले गरेका निर्णयहरू ।

१.मुख्य सचिवमा लोक दर्शन रेग्मी ,अर्थ सचिवमा शंकर प्रसाद अधिकारी, गृह सचिव मोहन प्रसाद सापकोटा,शिक्षा सचिव मधु प्रसाद रेग्मी,सामान्य सचिव रेशमी राज पाण्डे ,पशुपन्छी सचिव प्रकाश माथेमा, वन सचिव युवक ध्वज जिसि,लोक सेवा आयोगमा ङइन्द्र प्रसाद उपाध्यय । 

२.पुनर्निर्माण प्राधिकरणका सिइओ गोबिन्द पोखरेलको राजिनामा स्वीकृत। पूर्व अर्थ सचिव युवराज भुसाल सीईओ नियुक्त।

३.शिक्षा सचिव शान्त राज श्रेष्ठको राजीनामा स्वीकृत।

४.सि.पा.मेलम्ची न.पा.मा बनेको एकीकृत नमूना बस्ती निर्माण गरि हस्तान्तरण गर्न लिखित पारितमा लाग्ने दस्तुर छुट दिने व्यवस्था स्वीकृत ।

५.नेपाल सरकार र यूरोपेयिन यूनियन बीच निर्वाचनको पर्यवेक्षण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय ।

६.लाइभ स्टक सेक्टर इनोभेसन प्रोजेक्ट को लागि बिश्व बैंकबाट ८० मिलियन डलर ऋण सहायता लिने सम्झौता सम्बन्धी वार्ताको लागि टोली गठन गर्ने दिने निर्णय ।

७.सहसचिव विष्णु ओम बादेलाई सचिवमा बढुवा गर्ने निर्णय ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved