यस्ता छन् ३७ वटै निर्वाचन क्षेत्रका बाम गठबन्धनका उम्मेदवारहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 02:17:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही कात्तिक ५ गते आइतबार भएको उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ  ।

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभा सभातर्फ ४८४ गरी जम्मा ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मका लागि समय तोकिएको छ । उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । 

यस निर्वाचनमा मुख्य रुपमा एमाले माओबादीको बाम गठबन्धन नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

यस्ता छन् प्रतिनिधि सभाको लागी बाम गठबन्धनका उम्मेदवारहरु :

१. ताप्लेजुङ : क. योगेश भट्टराई (एमाले)
२ .पांचथर : क. बसन्त कुमार नेम्बाङ (एमाले)
३. संखुवासभा : क. राजेन्द्र गौतम (एमाले)
४ . भोजपुर : क. सुदन किराँती (माओवादी के.)
५. खोटाङ : क. विशाल भट्टराई (एमाले)
६. ओखलढुंगा : क. यज्ञराज सुनुवार (एमाले)
७. सोलुखुम्बु : क. हेमकुमार राई (माओवादी के.)
८. दोलखा : क. पार्वत गुरुङ (एमाले) 
९. रामेछाप : क. श्यामकुमार श्रेष्ठ (माओवादी के.)
१०. सिन्धुपाल्चोक१: क. अग्नि प्र.सापकोटा (माओवादी के.)
११. सिन्धुपाल्चोक२: क. शेरबहादुर तामाङ (एमाले)
१२. नुवाकोट क्षेत्र १ : क. हित ब. तामाङ (माओवादी के.)
१३. नुवाकोट क्षेत्र २ : क.नारायण प्र.खतिवडा (एमाले)
१४. रसुवा : क. जनार्दन ढकाल (एमाले)
१५. धादिङ १ : क.भुमि त्रिपाठी (एमाले)
१६. धादिङ २ : क. खेम लोहनी (एमाले)
१७. लमजुङ : क. देव प्र. गुरुङ (माओवादी के.)
१८. गोरखा१ : क. हरिराज अधिकारी (मा. के.)
१९. गोरखा२ : क. नारायणकाजी श्रेष्ठ (मा. के.)
२०. मनाङ : क. पोल्देन छेपांग गुरुङ (एमाले)
२१. म्याग्दी : क. भुपेन्द्र थापा (एमाले)
२२. मुस्ताङ : क. प्रेम प्रसाद तुलाचन (एमाले)
२३ . बाग्लुङ १ : क. डा. सूर्य पाठक (एमाले) 
२४ . बाग्लुङ २ : क. देवेन्द्र पौडेल (माओवादी के.)
२५ . रोल्पा : क. वर्षामान पुन (माओवादी के.)
२६ . रुकुम(पूर्वी) : क. कमला रोका (माओवादी के.)
२७ . रुकुम (पश्चिम) : क. जनार्दन शर्मा (माओवादी के.)
२८ . जुम्ला : क. गजेन्द्र महत (माओवादी के. )
२९ . मुगु : क. गोपाल बम (एमाले)
३० . डोल्पा : क. धन बहादुर बुढा (एमाले)
३१ . कालिकोट : क. दुर्गा बहादुर रावत (मा. के.)
३२ . हुम्ला : क. जिमी लामा (माओवादी के.)
३३ . जाजरकोट : क. शक्ति ब. बस्नेत (मा. के.)
३४ . बझाङ : क. भैरब ब. सिंह (एमाले)
३५ . बाजुरा : क. लालबहादुर थापा (एमाले)
३६ . बैतडी : क. दामोदर भण्डारी (एमाले)
३७ . दार्चुला : क. गणेशसिंह ठगुन्ना (एमाले) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved