म्यादी प्रहरीका लागि भएको दौडँमा एकजनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2017 | 06:50:09 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यादी प्रहरीका लागि छनौटमा सहभागी भएका एक व्यक्तिको ज्यान गएको छ । छनौट चरणको  दौडमा सहभागी भएका एक व्यक्तिको ज्यान गएको हो । हेटौँडाको हुप्रचौरमा भएको दौडमा सहभागी भएका बकैया गाउँपालिका वडा नम्बर ४ का २४ वर्षका प्रेमप्रसाद घिमिरेको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको हुप्रचौरमा दौडको छनौटको क्रममा केही समय दौडिएपछि घिमिरे ढलेका थिए । एक किलोमिटर दौडको झण्डै २० मिटर बाँकी रहँदा ढलेका घिमिरेलाई उपचारको लागि हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा लगिएको थियो ।

तर उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved