प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा भारतको सहयोग छ: दिपकुमार उपाध्याय

‘वाम गठबन्धनलाई भारतले सहज रुपमा लिएको छ’
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2017 | 02:49:10 PM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान राजदुत दिपकुमार उपाध्यायले नेपालमा हुन गैरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भारतको पूर्ण सहयोग, साथ र सद्भाव रहेको स्पष्ट पारेका छन् । 

उपाध्यायले अहिले देखिएको वामगठबन्धनलाई भारतले सहज रुपमा लिएको समेत जानकारी दिए । उनले भने,‘खासगरी यो वाम गठबन्धन चुनाव जिताउनको लागि मात्रै हो भन्ने देखिएको छ, अरुलाई शंका गर्नुहुँदैन, आफ्नो अभिभारा नेपाली आँफैले लिनुपर्छ, चुनाव गर्ने जिम्मेवारी हाम्रो हो।’ 

‘नेपालको चुनावलाई लिएर भारत सरकारले पनि औपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रति नेपालले कहिल्यै शंका गर्नुहुँदैन्’ उनले भने। 

दुई वर्षे आफ्नो भारत बसाईको क्रममा आफूले विवेकले भ्याएसम्म खुल्ला हृदयले काम गरेको विश्वास दिलाए । उनले भने,‘अहिले नेपाल–भारत सम्बन्ध सुमधुर छ, प्रगाढ छ, मैले के कति काम गरें भन्ने कुरा जनताले राम्रोसँग बुझ्नुभएको छ।’ उनले कपिलबस्तुजस्तो बुद्ध जन्मेको माटो, पवित्र भूमि  र त्यहाँका जनताले आफूलाई माँग गरेको सुनाउँदै कुटनीतिकबाट मर्यादित अवतरण लिएको स्पष्ट पारे । 

उनले अघि थपे,‘हिजो मेरो राजिनामा स्विकृत भएको छ, यो मर्यादित कुटनीतिक अवतरणसँगै म नेपाल सरकार र सम्मानीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु।’ २ वर्षे कार्यकालको कोर्सलाई सहज रुपमा पूरा गरेर आफू पूनः राजनीतिमा नै सक्रिय हुन लागेको भन्दै नैतिक बन्धनबाट खुल्ला भएको महशुस आफूले गरेको उनले सुनाए । 

उनले संसदको म्याद सकिएको अवस्थामा आफ्नो राजिनामा अन्तिम–अन्तिम अवस्थामा स्विकृत भएकोले तत्काल राजदुत नियुक्त हुन नसक्ने अवस्था भएपनि नेपालको परराष्ट्र सेवा अत्यन्तै चुस्त–दुरुस्त र सक्षम नेतृत्व रहेकोले कुनै समस्या नआउने विश्वास दिलाए । 

उनले कांग्रेसले सकेसम्म चुनावी तालमेल नगरीकन एक्लै चुनाव लड्नुपर्नेथियो भन्दै अहिले देखिएका चुनावी तालमेल पनि स्वभाविक रहेको स्पष्ट पारे । उनले थपे,‘पहिलो कुरा जितेपनि वा हारेपनि कांग्रेस चुनाव एक्लै लडनुपर्दथ्यो, हामी तत्कालिन लाभकावे पक्षमा छैनौं, मुलुकले जित्नुपर्छ, जनताले जित्नुपर्छ भन्ने पक्षमा छौं।’ 

उनले लेफ्ट एलायन्स आक्रमक रुपमा उत्रिएकोले लोकतान्त्रिक शक्तिहरुवीच चुनावी तालमेलको प्रयास भैरहेकोले पहिलो कुरा देश र जनताले जित्नुपर्ने धारणा राखे । उनले भने,‘लोकतन्त्रले जित्नुपर्छ, देशले जित्नुपर्छ।’

उनले वाम गठबन्धनले पार्टीको सर्वोच्चतातर्फ ईंगित गर्ने बताउँदै भने,‘पार्टीको निर्णयपछि जनताको अभिमत घोप्टिन्छ भन्ने उहाँहरुको सिद्धान्त छ, जुन आँफैमा लोकतान्त्रिक मुल्य र मान्यताको विपरित छ, आवधिक निर्वाचनको माध्यमबाट जनताको अभिमतबाट स्थापित् हुने सर्वोच्चतालाई चुनौति दिन्छ, जुन कुरा लोकतन्त्रवादीहरुलई कहिल्यै स्विकार्य हुँदैन्।’

जनताले भोट कहाँ खन्याउने कुरालाई आफूले जनताको विवेकसँग जोडेर लिएको भन्दै आउने निर्वाचनमा समते जनताले सही निर्णय लिने उनको विश्वास थियो । ‘निर्वाचनलाई वैचारिक बहसको रुपमा लैजानुपर्छ, राजनीतिक निष्ठा र आर्दश छोड्नुहुँदैन्’ उनले भने। 

तपाई कपिलवस्तुको कुन क्षेत्रबाट चुनाव लड्दैहुनुहुन्छ भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘पार्टीले मलाई कुन रुपमा उपयोग गर्छ भन्ने कुरा हो, म त पार्टीले दिएको भूमिका निर्वाह गर्न तयार छु, मैले सबैलाई मिलाएर जानुपर्छ, कपिलवस्तुको माटोले जे भन्छ म त्यही गर्न तयार छु, म आफ्नो कर्मममा निष्ठापूर्वक लाग्छु।’

भारत बसाईको क्रममा आफूले विकासका धेरै मोडेलहरु देखेको स्मरण गराउँदै नेपाल भू–स्वर्ग भएकोले निर्वाचनपछि मुलुकले विकासको गति लिने उनको विश्वास थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved