पश्चिमी वायुको प्रभावले नेपालमा चिसो बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 06:07:27 AM मा प्रकाशित

laxmi  sunrise bank


नेपालमा मंगलबारदेखि ह्वात्तै चिसो बढेको छ । उत्तर पश्चिमी वायु सक्रिय भएपछि देशभर नै चिसो बढेको हो। 

सामान्यतया कात्तिक १५ गतेसम्म काठमाडौंको न्यूनतम तापक्रम औषतमा १२ डिग्री सेल्सियस रहन्छ । तर यो वर्ष मंगलबार एकैदिन ४ डिग्री सेल्सियस घटेको काठमाडौंको तापक्रम बुधबार पनि २ डिग्री घटेको छ ।

उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट हिमाली क्षेत्र हुँदै नेपाल प्रवेश गरेको तथा राति आकाश खुला भएकाले देशभरी नै चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए  । 

राति आकाश खुला हुँदा पृथ्वीको सतह चिसिएकाले तापक्रम घट्छ । मंगलबार ११ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम बुधबार बिहान ९ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved