उम्मेदवारी फिर्ता लिन १ बजेसम्मको समय, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आजै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 09:42:38 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।  आयोगले आज बुधबार नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्न लागेको हो । 

आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म समय दिएको छ । त्यसपछि आयोगले अन्तिम नामावली प्रकाशन गरेर साँझ ६ बजेभित्र चुनाव चिहुन वितरण गर्ने जनाएको छ । 

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा मङ्सिर १० मा निर्वाचन हुदैछ  । 

 पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको प्रत्यक्ष तर्फको निर्वाचनका लागि गत आइतबार मनोनयन दर्ता गरिएको थियो जसमा प्रतिनिधिसभाका लागि ३२० र प्रदेशसभाका लागि ४८२ गरी कुल ८०२ जनाको उम्मेदवारी परेको  छ ।


पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी रहेका छन् । आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved