बागी उम्मेदवार 'दिपक मनाङ्गे'लाई सघाउन एमालेको आधिकारिक उम्मेदवारी फिर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 02:23:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बागी उम्मेदवारलाई सघाउन नेकपा एमालेका आधिकारिक उम्मेदवारले नै उम्मेदवारी फिर्ता लिएका छन्  ।  मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट उम्मेदवारी दिएकी  खण्डा लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन्। त्यस क्षेत्रमा उनी एमालेकि आधिकारिक उम्मेदवार थिइन् ।  तर उनले सोहि क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दिएका राजिव गुरुङ उर्फ दीपक मनाङ्गेलाई सघाउने भन्दै उमेद्वारी फिर्ता लिएकी हुन् । 

यस अघि मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई एमाले स्थायी कमिटीले टिकट नदिने निर्णय गरेको थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा आलोचना भएपछि मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनबाट एमाले पछि हटेको थियो  । एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र अर्थात् बाँगी उम्मेदवारी दिएका थिए  ।

दिपक मनाङे केहि समय अघि मात्र राप्रपाबाट एमाले प्रवेश गरेका हुन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved