७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, १ जनाको उम्मेदवारी नै रद्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 09:12:43 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले २०७४ मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले १०० जनाको उम्मेदवारी फिर्ता भएको र  एक जनाको उम्मेदवारी रद्द भएको जनाएको छ  ।

कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनयन दर्ता कायम भएको थियो ।  कात्तिक ८ गते बुधबार सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको हो ।

सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारी अनुसारप्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारहरुमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एकजनाको उम्मेदवारी रद्द भएको छ । दोलखा जिल्लाका प्रदेशसभातर्फका जनसमाजवादी पार्टीका उम्मेदवार लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved