अब स्कुल बसका चालक र सहचालकले अनिवार्य गाढा निलो रङको पोसाक लगाउनु पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 10:47:49 AM मा प्रकाशित

laxmi  sunrise bank

अब काठमाडौं उपत्यकामा काठमाडौं उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले अनिवार्य रुपमा पोसाक लगाउनुपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको बुधबार महाशाखामा बसेको बैठकले आगामी मंसिर १ गतेदेखि चालकले अनिवार्य रुपमा पोसाक लगाउनुपर्नेनिर्णय गरेको हो।

 विद्यालयका बस चलाउने चालक र सहचालक दुवैले अनिवार्य रुपमा गाढा नीलो पोसाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको हो । बैठकले विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णयसमेत भएको छ । महाशाखाका प्रहरी नायब उपरीक्षक बिपीन गौतमले विद्यालयका बसले पहेँलो रङ लगाएर नचलाएमा कडा कारबाही गरिने बताए ।

 बैठकले उपत्यकाभित्रका सबै स्कूलमा ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने निर्णय समेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved