एसियन पेन्ट्सद्वारा आफ्नो रङ्गमा लिड भएको प्रमाणित गरेर देखाउन चुनौती

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 11:26:10 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन पेन्ट्सले आफ्नो रंगमा लिडमा मात्रा मापदण्ड अनुसार नै भएको जनाएको छ। एसियन पेन्ट्सद्वारा उत्पादित रंगमा लिडको मात्रा बढी भएको समाचार प्रकाशित भएपछि बिज्ञप्ती जारी गर्दै उसले ध्यानाकर्षण भएको जनाएको छ। 

नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गइ रंग उत्पादन नगरेको र उत्पादित रंगमा लिडमा मात्रा कम भएको एसियन पेन्टसका कन्ट्री म्यानेजर बुद्धदित्या मुखर्जीले बिजपाटिलाई जानकारी गराएका छन। 

'हामीले लिडको मात्रा बढी भएका कुनै पनि कच्चा पदार्थ प्रयोग गरेका छैनौँ' मुखर्जीले भने, 'त्यसैले हाम्रा सबै रंगहरुले नेपाल सरकारले निर्धारण गरेको ९०पीपीएम को मापदण्ड पुरा गरेका छन।'

यदि कसैले चाहना राख्छ भने नेपालको उत्कृष्ट प्रयोगशाला मार्फत आफ्ना रंगमा लिड भए नभएको जांच गर्न हामि तयार छौं, बिज्ञप्तिमा भनिएको छ। 

काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले एसियन पेन्टससहित गौरीशंकर, जस्मिन, जेजिस, एपोलो, अर्ति, जी–७, अमेरिकन पेन्ट इण्डष्ट्री, पशुपति पेन्टस, तथा नेपाल पेन्टस इण्डष्ट्रीका रंगमा तोकेको मापदण्डभन्दा धेरै गुणाबढी लेड पाइएको बताएका थिए। 

शाहले उक्त कार्यक्रममा नेपालमा वर्षेनी पाँच वर्ष मुनिका बालबालिकामा लेड असरबाट एक खर्ब ५६ अर्ब रुपैयाँ बराबरको क्षति हुने बताउदै   लेडरहित कलरमात्र भित्तामा प्रयोग गर्नुपर्ने बताएका थिए।  तर मुखर्जीले शाहलाई उदृत गर्दै लेखिएको समाचारमा सत्यता नभएको पनि दाबी गरेका छन।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र तथा लिडर्स नेपालले काठमाडौं उपत्यकालगायत पश्चिम नेपालका केही बजारबाट संकलन गरिएका १८ पेन्टस उद्योगको ३७ वटा रंगको नमूनाको प्रयोगशाला परीक्षण गर्दा ५९.४६ प्रतिशत रंग सरकारले तोकेको ९० पिपिएम मापदण्डभित्र रहेको र बाँकी रंगमा अत्यधिक सिसा प्रयोगमा रहेको जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाका ३१२ बालबालिकासहित वीरगञ्जका विद्यालयका ५० छात्रछात्रामा गरिएको अध्ययनअनुसार ती बालबालिकाको रगतमा लेडको मात्र ९० पिपिएमभन्दा बढी पाइएको सो केन्द्रले जनाएको छ ।६० प्रतिशत बालबालिकाको रगतमा ९० पिपिएमभन्दा बढी लेड पाइएको थियो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved