रोकिएको सार्क शिखर सम्मेलन शीघ्र गर्न पाकिस्तानी राजदुतको जोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 12:52:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड दिएका छन् ।  पाकिस्तानी राजदूतावासमा आज आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा उनले स्थगन भएको सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताए  । 

सार्कलाई गतिशील तुल्याउनु सबै सदस्य मुलुकको कर्तव्य भएको भन्दै उनले क्षेत्रीय सहयोगका निम्ति सहकार्य अपरिहार्य भएको बताए । आर्थिक विकास एवं समृद्धि, व्यापार प्रवद्र्धन, सदस्य देशबीच जनस्तरको सम्पर्क विस्तार, जल, स्थल र हवाइ मार्गबाट एकापसमा सम्बन्ध एवं सम्पर्क स्थापनाबाटै दक्षिण एशियामा दिगो शान्ति र प्रगति सुनिश्चित हुने राजदूत जावेदको कथन थियो । 

पूर्व राजदूत विष्णुहरि नेपालले द्विपक्षीय विषयलाई लिएर सार्क प्रक्रियामा अवरोध हुन नहुनेमा जोड दिँदै सार्कको अध्यक्ष नेपालले १९औँ शिखर सम्मेलन आयोजनाका निम्ति आवश्यक प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved